Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

महोत्तरीमा शहीदका शालिक चोरी

महोत्तरीमा शहीदका शालिक चोरी

  • जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ  ।

    images
    images
    images

    मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
     
    वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५÷७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा ९शालिक० आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताउनुभयो । वडाध्यक्ष यादवले गएराति ११÷१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij