Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल

बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल

  • बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम, ठेगानालगायतका कुरामा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन माघ ११ गतेदेखि निर्वाचन कार्यालय बझाङको टोली स्थानीय तहमा खटिएको छ । मतदानस्थलमा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा नगरपालिकाका वडा सचिवलाई छनोट गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहोराले बताउनुभयो ।

    AGNI GROUP

    जिल्लामा १६२ मतदान केन्द्र र १२५ मतदानस्थल रहेपनि हाल बुङ्गल नगरपालिकामा चार, छविस पाथिभेरा गाउँपालिकामा एक, मष्टा गाउँपालिकामा एक, सुर्मा गाउँपालिकामा एक र वित्थडचिर गाउँपालिकामा एक गरी जम्मा आठ मतदानस्थल थपिएको निर्वाचन कार्यालयका अधिकृत करुणाकर पन्तले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij