Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छ : प्रम ओली

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छ : प्रम ओली

  • पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको २२०÷१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०÷१३२÷३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुग्नुभएको थियो । 

    onlinepatrika
    Arghakhachi


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताउनुभयो ।

    AGNI GROUP

    पूर्वपश्चिम रेलमार्ग  छिट्टै सञ्चालन
     हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उहाँले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफँै उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्र्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

    प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पु¥याएको क्षतिपूर्ति र पुनःनिर्माणका लागि गम्भीररूपले सम्बोधन गरिने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij