Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका कारण लामो समयसम्म भूमि आयोग गठन हुन नसकेको आरोप लगाएका छन् । ‘शारदा सुवेदी मेरो मान्छे होइन, त्यसकारण उहाँलाई बनाउनु हुन्न भन्नु हुन्थ्यो, त्यसपछि नवलपरासीको एउटा अन्धभक्त वकिललाई मुद्दा हाल्न लगाई दिनुभयो,’ ओलीले भने, ‘त्यो मुद्दाका कारण अहिलेसम्म गठन हुन सकेन ।’ नेपाल कहिल्यै पनि किसान र श्रमजीवि वर्गको पक्षमा नलागेको पनि प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् ।
‘किसान र कृषिका समस्या भूमि आयोग बनेर धनीपुर्जा दिने कामै गर्न नदिएर उहाँले वर्षौसम्म रोकाउनु भयो,’ ओलीले भने, ‘हुन त माधवजीले आजसम्म न कोदालो समातेको छ, न धान रोपको छ, हलो समाएको छैन, खेत जोतेको छैन, उहाँलाई किसानको समस्या कसरी थाहा हुन्छ रु हुन त नजोती खान बानी परेकाले किन जोत्नु रु’ प्रधानमन्त्रीका अनुसार नेपाल सदैब ‘मेरो मान्छे र तेरो मान्छे’ भनेर ठाउँठाउँमा राख्ने खोज्ने प्रवृतिका कारण पार्टी र सरकार दुवैमा समस्या पर्न गएको थियो ।
‘अहिले पनि मेरा मान्छे, मेरा समर्थक भनिरहेको तपाईहरुले सुनिरहनु भएको छ नि, अहिले भूमि आयोग बनेको छ, यसमा पनि मुद्दा हाल्न खोज्नुभएको थियो, मन्त्री पदमा अर्याललाई त बोलाएर पनि हप्काउन खोज्नुभएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ अहिले पनि गरिब किसानहरुले धनीपुर्जा पाउलान कि देश अघि बढला कि भन्ने चिन्तामा हुनुहुन्छ, चिन्ता गरिरहनुहोस्, हामी भूमिहीनहरुलाई धनीपुर्जा दिएरै छाडछौं ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij