Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

आज ओली समूहले नारायणहिटीमा जनसभा गर्दै

आज ओली समूहले नारायणहिटीमा जनसभा गर्दै

  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले आज नारायणहिटीमा बृहत् जनसभा आयोजना गर्दै छ । प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।

    onlinepatrika
    Arghakhachi

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ।

    AGNI GROUP

    मध्याह्न १२ बजेदेखि हुने सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशैभरिबाट नेता कार्यकर्ताको सहभागिता रहने नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।  सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत १३ स्थानबाट कलाकारको साङ्गीतिक प्रस्तुतिसहित जुलुस निकालिने जनाइएको छ।

    जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

    आजको जनसभालाई लक्षित गरी हिजो नै सो समूहका युवाहरुले नेता महेश बस्नेतको नेतृत्वमा राजधानीमा जुलुस निकालेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij