Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नेपाल दूरसञ्चार कम्पनी(टेलिकम) लाई चालू आर्थिक वर्षभित्रै फाइभजी सेवा परीक्षण गरिसक्न निर्देशन:पार्वत गुरुङ

नेपाल दूरसञ्चार कम्पनी(टेलिकम) लाई चालू आर्थिक वर्षभित्रै फाइभजी सेवा परीक्षण गरिसक्न निर्देशन:पार्वत गुरुङ

  • काठमाडौं ।  कम्पनीको १७ औँ वार्षिकोउत्सवको अवसरमा मन्त्री गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी फाइभजीको पनि परीक्षण सक्न निर्देशन दिएका हुन् । दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्वन्धमा भएको ढिलाइ र बढ्दो लगानी न्युनिकरण गर्न छुट्टै पूर्वाधार कम्पनी खोल्न पनि उनले निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री गुरुङले कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहन रणनीतिक व्यवस्थापन साझेदार व्यवस्था गरी प्रविधिको विकासक्रम अनुसार फाइभजीको फ्रिक्वेन्सीलाई उच्चतम व्यवस्थापन गर्न आग्रह गरेका छन् । उनले बिहीबार कम्पनीका सेवाहरुको वारेमा जानकारी दिने च्याटवट सेवाको सफ्ट लञ्च पनि गरेका छन् । मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका वेला टेलिकमले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै अब नयाँ प्रविधिको विस्तारमा जोड दिन निर्देशन दिएका छन् ।कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले १७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा अहिले कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको जानकारी दिए । मुलुकको करिब ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको उनको भनाइ थियो । कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा रहेको जनाएको छ ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij