Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

विश्व अर्बुदरोग दिवसमा झापा घोषणापत्र जारी

विश्व अर्बुदरोग दिवसमा झापा घोषणापत्र जारी

  • झापा । विश्व अर्बुदरोग दिवसको अवसर पारेर भmापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो रोगविरुद्ध झापा घोषणापत्र जारी गरिएको छ । क्यान्सर रोग न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले स्थानीय सरोकार पक्षको उपस्थितिमा अस्पतालले आयोजना गरेको विशेष कार्यक्रममा प्रतिबद्धतासहित पाँचबुँदे झापा घोषणापत्र जारी गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जारी घोषणापत्रमा अर्बुदरोग ९क्यान्सर० रोगविरुद्ध सचेतना फैलाउने, वातावरण स्वच्छताको विषयमा कार्यक्रम सञ्चालन गर्ने, क्यान्सरविरुद्ध प्रचार गर्ने, अस्पतालसंँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा झापामा रोगीको सङ्ख्या न्यून बनाउन सबै पक्षसँग हातेमालो गर्ने गरी पाँचबुँदे घोषणापत्र जारी गरिएको हो ।
     
    पूर्वाञ्चल क्यान्सर अस्पताल र वीरता लेडी जेसीजको आयोजनामा जिल्ला तथा नगर स्वास्थ्य प्रमुख, अस्पतालका चिकित्सक, सञ्चार क्षेत्र र युवाको संस्था रोट्रयाक्ट क्लबका प्रतिनिधिसहितको उपस्थितिमा भएको अन्तक्र्रियाबाट आएको साझा धारणालाई घोषणापत्रको रुप दिएको हो ।   

    AGNI GROUP

    क्यान्सर रोग कसरी लाग्छ, क्यान्सर लाग्न नदिन के गर्ने, रोग लागेपछि उपचार को विधि र प्रक्रिया कस्तो हुन्छ, लागुपदार्थ र क्यान्सर रोगको सम्बन्धलगायत विषयमा अन्तक्र्रिया भएको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादव, क्यान्सर तथा स्त्रीरोग विशेषज्ञ डा प्रियङ्का कटुवाल, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य, जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख जीवन चौलागाईं, विर्तामोड नगर स्वास्थ्य प्रमुख तुलसी पोखरेल, पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणी सापकोटा, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य र रोट्रयाक्ट क्लब विर्तामोड सिटीका उपाध्यक्ष सालु कोइरालाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij