Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । बिहीबारदेखि रातिदेखि खप्डतमा हिउँ पर्न थालेको हो। करिब दुई फिटसम्म हिउँ जमेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। सुदूरपश्चिमको प्रर्यटकीय स्थल खप्तडमा हिमपात भएको छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा शुक्रबार बिहान हिमपात भएको छ। हिमपातका कारण म्याग्दीको लेकाली बस्तीको जनजीवन प्रभावित भएको छ। हुम्लामा भने बिहीबार रातिदेखि नै भएको हिमपात भइरहेको छ। शुक्रबार पनि हिउँ पर्ने क्रम जारी रहेको छ। यसैगरी तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–५ शुरमा हिमपात भएको छ। हिमपातले शुर गाउँ सेताम्य बनेको छ। जल तथा मौसम विज्ञान विभागले केही दिन मौसम बदली हुने जनाएको छ। देशका केही उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij