Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

  • काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गर्नुभयो ।  

    onlinepatrika
    Arghakhachi

    उहाँले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका दिशामा मुलुकलाई अगाडि बढाइने बताउनुभयो । 

    AGNI GROUP

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य थापाले पार्टी अध्यक्षलाई अपदस्थ र  विस्थापन गर्ने, दुई तिहाइको सरकारलाई हटाउने र राष्ट्रपतिको मानमर्दन गर्नेहरुले षड्यन्त्र गरेको आरोप लगाउँदै भन्नुभयो,  “आजको असाधारण परिस्थिति सिर्जना हुनुको विषय नेतृत्वलाई अपदस्थ र विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “यो कुरालाई हामीले ठीक ढङ्गले बुझेनौँ भने वर्तमान असाधारण परिस्थितिलाई ठीक ढङ्गले समाधान गर्न सक्दैनौँ ।” उहाँले प्रतिगामी अवसरवादी तत्वले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका भ्रम र षड्यन्त्रको सहारा लिइरहेको आरोप पनि लगाउनुभयो । 

    जनतालाई आन्दोलित गरेर मात्र राजनीतिक र संविधानको रक्षा गर्न सकिने उहाँको भनाइ थियो । “जनतालाई आन्दोलित गरेर मात्र नेतृत्व, व्यवस्था र राजनीतिक उपलब्धिको रक्षा गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यही उद्देश्यका साथ हामीले एउटा नयाँ आन्दोलनको शुरु गरेका हाँै । आमनिर्वाचनको माध्यमबाट आन्दोलनलाई अगाडि बढाएका छौँ ।”

     
    उहाँले कम्युनिष्ट आन्दोलनलाई अवसरवादीले फुट ल्याएको जनाउँदै अब फेरि एकजुट बनाउन जनताले मात्र सक्ने बताउनुभयो । जनतामा गएर फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ धु्रवीकरण र नयाँ एकीकरण गर्नका लागि देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij