Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नो २२ औं साधारण सभाको अवसर पारेर, अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा पत्रकारिता नामक स्मारिकाको लोकापर्ण गर्ने भएको छ । महासंघका अध्यक्ष शन्तराम विडारीले पुर्व सभापति अशोक श्रेष्ठलगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान पनि साधारण सभाको अवसरमा वितरण गरिने जानकारी दिए।
विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग गरी वितरण गरिने भएको हो। यसपटक अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार देवेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार विश्वराज किरात, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कारबाट निरोधराज पाण्डे सम्मानित भएका छन् ।
यसैगरी, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार ज्ञान उदास, रामचन्द्र हुमागाइँ स्मृति पत्रकारिता पुरस्कार इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार गोपाल बुढाथोकी, फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी सम्मानित हुने महासंघले जनाएको छ।
काठमाडौं शाखाले उठाएका मुद्दा र गरेका कामको सबैले चर्चा भएको जनाउदै अग्रजहरुको विरासत, योगदान र स्मृतिको हामी सधैं सम्झना गरिरहने प्रतिबद्धता पनि महासंघले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij