Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

डीएसपी ढुंगेलले पाए सफाइ

डीएसपी ढुंगेलले पाए सफाइ

  • काठमाडौँ । नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलले सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लुटपाटमा संलग्न गिरोह परिचालन गरेको अभियोगमा उनले सफाई पाएका हुन् । उनलाई यसअघि उच्च अदालतले धरौटी लिने भनि गरेको आदेश सर्वोच्चले बदर गरिदिएको हो।

    AGNI GROUP

    ०७७ असार पहिलो साता जिल्ला अदालत काठमाडौंले डिएसपी ढुंगेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । तर सो आदेश विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएको थियो । उच्च अदालतले ढुंगेलसँग १ लाख धरौटी मागेपछि उनी सर्वोच्च पुगेका थिए ।

    उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले जिल्ला अदालतको आदेश सदर गरेको हो । ०७५ चैतमा रानीवारी स्थित एक घरमा भएको लुटपाटमा संलग्न लुटेरालाई ढुंगेलले परिचालन गरेको आरोप लागेको थियो भने सोविरुद्ध महानगरीय अपराध महाशाखाले प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    कतिपयले संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धाकै कारण ढुंगेललाई फसाइएको बताउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij