Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेससम्बद्ध भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दै

कांग्रेससम्बद्ध भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दै

  • काठमाडौं । नेपाली कांग्रेससम्बद्ध भ्रातृ संस्थाले आज शनिवार देशभर विरोध प्रर्दशन गर्ने भएका छन्। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रर्दशन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म काठमाडौंको टुँडिखेललगायत देशभर कालोपट्टीसहित मानव साङ्लो बनाएर प्रर्दशन गरिने कांग्रेसले जनाएको छ। बिहीवार नेकपाको दाहाल–नेपाल समूहले गरेको नेपालबन्दप्रति समेत लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको प्रवक्ता शर्माले विज्ञप्ती जारी गर्दै बताएका छन् ।

    AGNI GROUP

    ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो। अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं। विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij