Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

फागुन ३ का लागि शेरबहादुरको 'ह्विप'

फागुन ३ का लागि शेरबहादुरको 'ह्विप'

  • कांग्रेसले अब फागुन ३ गते जिल्ला कार्यसमितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन ३ गतेको विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन्। 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।

    AGNI GROUP

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन्। प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएको छ। विघटनविरुद्ध कांग्रेसले निरन्तर प्रदर्शन गर्दै आएको छ। यसै शृंखलाअन्तर्गत कांग्रेसले शनिबार शुभेच्छुक संगठनहरूको अगुवाइमा प्रदर्शन गरेको हो। कांग्रेसले अब फागुन ३ गते जिल्ला कार्यसमितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन ३ गतेको विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij