Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन: प्रदेश प्रमुख शेरचन

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन: प्रदेश प्रमुख शेरचन

  • कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन् । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए ।

    onlinepatrika
    Arghakhachi

    विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे ।

    AGNI GROUP

    इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पु¥याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पु¥याउने उल्लेख गरे।

    कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गरेका थिए ।

    कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष शङ्कर बाँस्तोला, नेपाल फोटोग्राफर महासङ्घका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजुले पुरस्कारले फोटोग्राफरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij