Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको हो ।
“विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमा भन्नुभएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij