Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

म्याग्दी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

म्याग्दी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

  • म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कटुवाल सङ्घको यसअघिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित हुनुभएको छ । 

    AGNI GROUP

    सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट हुनुभएको थियो । सङ्घको सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानियाँ, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रवीण श्रेष्ठलगायत चयन हुनुभएको छ । 

    महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीलगायत पाँचवटा गाउँपालिका एकाइ समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । विसं २०२७ मा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीका उद्योगी व्यवसायीको छाता सङ्गठन मानिन्छ । 

    स्थापनाको ५०औँ वर्षगाठ मनाइरहेको उद्योग वाणिज्य सङ्घको अधिवेशन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटनका क्रममा सङ्घले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मूर्ति अनावरण गर्नुभएको थियो । 

    अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ । 

    पछिल्लो कार्यसमितिले विसं २०७५ लाई म्याग्दी भ्रमण वर्षको रूपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी सङ्घ ९मोना०सँग समन्वय गरेर बेनी–लभ्लीहिल पदमार्ग बनाएको, सङ्घको भवनमा जडीबुटी सङ्कलन केन्द्र बनाएको छ । सङ्घअन्तर्गत मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकास्तरीय बजार एकाइ समितिसमेत गठन भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij