Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

आर्ट काउन्सिलमा वरिष्ठ कलाकारका कला प्रदर्शनी

आर्ट काउन्सिलमा वरिष्ठ कलाकारका कला प्रदर्शनी

  • काठमाडौँ । कोरोना कहरका कारण लगाइएको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि रोकिएका थिए । विस्तारै बजार खुलेसँगै लामो समयको अन्तरालपछि कला क्षेत्रमा गतिविधि बढ्न थालेका छन् । यही क्रममा नेपाल आर्ट काउन्सिल, बबरमहलमा २० बढी कलाकारका कला प्रदर्शनी गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    काउन्सिलकै आयोजनामा सोमबारदेखि शुरु भएको ‘एन एक्जिबिसन फर पर्पोज’ शीर्षकको प्रदर्शनीमा समकालीन नेपाली कलाका विविध शैली र विषय समेटिएका कलाकृति राखिएको छ । काउन्सिलका सदस्य तथा प्रदर्शनीमा सहभागी कलाकार जीवन राजोपाध्यायले कोरोनाकालपछि नेपाली कला क्षेत्रलाई चलायमान बनाउने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले नेपाली कला र कलाकारलाई नराम्ररी प्रभाव पारेको छ । कलाका गतिविधि रोकिएका छन् । हामीले कला क्षेत्रलाई चलायमान बनाउने सोच राखेर प्रदर्शनीको आयोजना गरेका हौँ ।”

    AGNI GROUP

    कलाकार राजोपाध्यायले प्रदर्शनीमा प्राकृतिक, सामाजिक, सांस्कृतिकलगायतका विषय समेटिएका कलाकृति राखेको जानकारी दिनुभयो । उहाँले लामो समयसम्म नेपाल आर्ट काउन्सिल बन्द रहेको र कलाका गतिविधि ठप्प भएकाले प्रदर्शनी गरिएको सुनाउनुभयो । उहाँले प्रदर्शनी नेपालका अग्रज कलाकारका कलाकृति राखिएको बताउनुभयो । राजोपाध्यायले काउन्सिलले गरेको यो कला प्रदर्शनी आफैँमा ऐतिहासिक रहेको पनि अन्य अग्रज कलाकारलाई समेट्ने क्रममा कोही छुटेको भए पनि आगामी दिनमा समेट्दै जाने जनाए ।
     
    प्रकृति, संस्कृति, जनजीवन, मानवीय मूल्य मान्यताका विविध आयाम समेटिएका कलाकृतिले नेपालको कला परिवेशको पछिल्लो अवस्था बुझ्न सकिने प्रदर्शनीमा सहभागी कलाकार तथा काउन्सिल सदस्य नरेशसुन्दर सैंजुले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना कहरपछि भएको यो प्रदर्शनी आफैँमा पनि ऐतिहासिक छ । नेपाली कलालाई बाहिरी दुनियाँमा चिनाउन अग्रज कलाकारको भूमिका असाधारण रहेको छ । उहाँहरुका कलाकृति निकै छोटो समयमा यति धेरै अग्रज कलाकारको यति धेरै सिर्जनालाई समावेश गर्नसक्नु नै हाम्रो लागि ठूलो कुरा भएको छ ।”

    केशवराज खनालले नेपालमा विस्तारै कलाक्षेत्र प्रदर्शनीमार्फत गतिशील बन्न थालेको बताउँदै यो प्रदर्शनीमा अग्रज कलाकारका कलाकृति लामो समयपछि हेर्न पाएको बताउनुभयो । काउन्सिलका महासचिव शङ्करनाथ रिमालले लामो समयपछि कलालाई गति दिने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा नेपाली कलाकारका विविध पक्ष र शैलीका कला राखिएको जनाउँदै यसको महत्व र प्रभाव लामो समयसम्म नेपाली कला जगत्मा पर्ने विचार व्यक्त गरे । 

    काउन्सिलका कर्मचारीका लोकप्रसाद तिमिल्सिनाका अनुसार २८ माघसम्म चल्ने यो कला प्रदर्शनीमा विशिष्ट कलाकारका कलाकृति राखिएको छ । उहाँले प्रदर्शनी कलापारखी, कलाका विद्यार्थी, तथा संस्कृतिकर्मीले एकपटक हेर्नुपर्ने जिकिर गरे । प्रदर्शनीमा वंशी श्रेष्ठ, वत्सगोपाल वैद्य, बुद्धि गुरुङ, गौतम मानन्धर, गौतमरत्न तुलाधर, गोविन्द डङ्गोल, हरि खड्का, जीवन राजोपाध्याय, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, किरण मानन्धर, कृष्ण मानन्धर, मदन चित्रकार, मुकेश मल्ल, नरेश सैंजु, नवीन्द्रमान राजभण्डारी, प्रमिला गिरी, राधेश्याम मुल्मी, रमेश खनाल, रमेश श्रेष्ठ, रागिनी उपाध्याय, रतनकुमार राई, शङ्करनाथ रिमाल, शङ्करराज सिंह सुवाल, शारदामान श्रेष्ठ, शशी शाह, रत्नकाजी शाक्य र चन्दा श्रेष्ठका कलाकृति राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij