Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

विवेकशील साझाभन्यो : ‘भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस्’

विवेकशील साझाभन्यो : ‘भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस्’

  • काठमाडौं । विवेकशील साझा पार्टीले बैतडी दोगडाकेदारकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि पछि हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज एक विज्ञप्ति जारी गर्दै न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा हाम्रो एक्येवद्धता भएको जनाएको छ । यस्ता घटनामा राजनीतिकरण नगरी दोषी पक्ष नै राज्यबाट संरक्षित नहोस् भन्दै विवेकशील साझाले आग्रह गरेको छ ।

    AGNI GROUP

    “यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ।” जारी विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “सहरदेखि गाउँसम्म शान्ति सुaक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ।”

    विज्ञप्तिमा भनिएको छ, “बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टी मर्माहत भएको छ। हामी पीडित परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत किशोरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।” 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij