Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन आज सोमवारदेखि शुरु हुँदैछ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। दाहाल-नेपाल र ओलीसमूह अनौपचारीक विभाजित भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ।
गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए। आकांक्षी धेरै हुँदा मुख्यमन्त्रीले सरकार रिक्त मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त गर्न सकेका छैनन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij