Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेका ११ वटा एयलाइन्स कम्पनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेका ११ वटा एयलाइन्स कम्पनी

  • काठमाडौं । पटक–पटक सूचना गर्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरे पछि प्राधिकरणले फेरि ३० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशन गरेको छ । विमानस्थल सेवा शुल्य नियमावली २०७६को नियम ३० को उपनियम ३ बमोजिम भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने समेत समेत सूचनामा उल्लेख छ। 

    onlinepatrika
    Arghakhachi

    विमानस्थल बक्यौता नतिर्ने ११ एयलाइन्स र रकम
    सञ्चालनामा नरहेका ११ वटा एयरलाइन्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी गरेका छैन।

    AGNI GROUP

    १. नेकोनज एयरः सबैभन्दा बढी नेकोन एयरको बक्यौता रहेको छ। नेकोन एयरले विमानस्थल कार्यालयलाई ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ तिर्न बाँकी छ। यो एयरलाइन्सका मालिक दिपमणी राज भण्डारी, दिपक राज कोइरला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दुर कक्षपती हुन्।

    २. शिवानी एयरः यसैगरी शिवानी एयरले पनि ५५ लाख ५१ हजार ५३ रुपैयाँ रकम विमानस्थल कार्यालयलाई तिरेको छैन। यसका मालिक मणिन्द्र लाल रंजितकार हुन्।

    ३. अल्पाईन एयरः यो एयरलाइन्सले पनि विमानस्थल कार्यालयलाई ७२ हजार ७ सय २८ रुपैयाँ लामो समयदेखि भुक्तानी गरेको छैन। यसका मालिक क्याप्टेन प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल र महेश्वर भक्त श्रेष्ठ हुन्।

    ४.गोरखा एयरः गोरखा एयरले पनि विमानस्थल कार्यालयलाई २९ लाख ३५ हजार २९ रुपैयाँ रकम लामो समयदेखि तिरेको छैन। यसका मालिकहरु प्रज्वल श्रेष्ठ र डाक्टर उज्वल श्रेष्ठ हुन्।

    ५.कर्णाली एयरः कर्णाली एयरले पनि विमानस्थल सेवा शुल्क वापतको विमानस्थल कार्यालयललाई १७ लाख ४६ हजार ३ सय रुपैयाँ भुक्तानी गरेको छैन। यसका मालिकहरु  नारायण सिंह पुन र सविना राई पुन हुन।

    ६. माउन्टेन एयरः यो एयरलाइन्सले पनि विमानस्थल सेवा शुल्क वापतको १२ लाख ७३ हजार ६ सय ९४ रुपैयाँ विमानस्थल कार्यालयलाई भुक्तानी गरेको छैन। यसका मालिकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्र बस्नेत रहेका छन्।

    ७.कस्मिक एयरः यो एयर पनि अहिले सञ्चालनमा छैन। तर, एयरले विमानस्थल सेवा शुल्क वापतको ३ करोढ ४७ लाख ५८ हजार ७० रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाएको छैन। यसका मालिक रविन्द्र प्रसाद प्रधान हुन्।

    ८. सांग्रिला एयरः यो एयरले पनि विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको १५ लाख ३७ हजार  रुपैयाँ लामो समयदेखि भुक्तानी गरेका छैन। यसका मालिक एक दर्जन भन्दा बढी रहेका छन्। मालिकहरु महेशमान सिंह, रञ्जु सिंह, किशोर सिल्वाल, उदय विश्वम्बर दास श्रेष्ठ, सुशिल मान सिंह, राजेन्द्रलाल मास्के, उस्वी श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, उषा प्रधान, एकराजजंग थापा, शोभा मास्के, रतनबहादुर लामिछाने, रेखा श्रेष्ठ र सुधा भट्टराईहरु रहेका छन्।

    ९. स्काईलाईन एयरवेजः यो एयरवेजले पनि विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शुल्क वापतको तिुर्नपर्ने १५ लाख ५० हजार ४ सय रुपैयाँ अहिलेसम्म विमानस्थल कार्यालयलाई भुक्तानी गरेका छैन। यसका मालिकहरु आंग छिरिगं शेर्पा, पेम्बा छिरिगं शेर्पा, मिङमा दोर्जे शेर्पा, तेन्जिङ नोर्वु शेर्पा र यादव खरेल हुन्।

    १०. एयर काष्ठमण्डपः यो एयरलाइन्सले पनि विमानस्थल कार्यालयलाई ७ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ रकम भुक्तानी गरेको छैन। यसका मालिकहरु प्रज्वल श्रेष्ठ,उज्वल श्रेष्ठ र हमाद अली जावोर ९कतार० हुन्।

    ११.नेपाल एयरवेजः यो एयरलाइन्सको पनि विमानस्थल बक्यौता रकम ५ लाख ५० हजार  ५४ रुपैयाँ रहेको छ। यसका मालिक प्रदिप जंग राणा हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij