Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

  • डडेल्धुरा, आलिताल गाउँपालिका-८ स्थित गंगामाला सामुदायिक बनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रा सहित सोही ठाउँ बस्ने २६ वर्षीय भिम बहादुर बोहरा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुद सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका(३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् । 

    AGNI GROUP

    काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा।५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij