Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । कोभिड–१९ का कारण शिथिल भएको हवाइ क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ। यसअनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको छ। नयाँ जहाजको आगमनसँगै बुद्ध एयरले काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ। थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन्।
‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौँ, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्नेछौँ’, मार्कटिङ सेल्स निर्देशक जोशीले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij