Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफर माघ ३० सम्म मात्र

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफर माघ ३० सम्म मात्र

  • काठमाडौं । डिशहोमले ग्राहकलाई अझै बढी सेवा तथा सुविधा दिन ल्याएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर अब केही दिनका लागि मात्र बाँकी भएको जनाएको छ । २०७६ फागुन २  देखि सञ्चालनमा ल्याएको उक्त अफरअन्तर्गत २९ माघसम्ममा रिचार्ज गर्ने ग्राहकले मात्र यो योजनाको अन्तिम लक्की ड्रमा सामेल हुन पाउने जनाएको हो । तर, डिलर दाइको डिस्काउन्ट अफर खरिद गर्न भने ३० माघसम्म पाइने कम्पनीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीका अनुसार यो योजना अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एक लाख नगद जितिसकेका छन् ।वार्षिक रिचार्ज गर्ने ग्राहकले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट पाइसकेको कम्पनीले जाएको छ । अफरका कारण ग्राहकले न्युनतम शुल्कमा गुणस्तरीय सेवा पाएको कम्प्नीले जनाएको छ ।

    AGNI GROUP

    यस अफ योजनाअन्तर्गत नेपालभर रहेका डिशहोमका डिलरमार्फत फण्ड ट्रान्सपर वा कुनै पनि अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत साप्ताहिक लक्की ड्रमा सहभागिता गराइँदै आएको छ । डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी फण्ड ट्रान्सफरबारे बुझ्न सकिने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij