Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अन्धभक्त र आफूले भनेको मान्ने मान्छेलाई मात्रै मन पराउने गरेको आरोप लगाएका छन् ।
सोमवार (आज) काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो आरोप लगाएका हुन् । साथै प्रधानमन्त्री ओली शिक्षक, बुद्धिजिबी तथा वौद्धिक वर्गसँग तर्सिने गरेको टिप्पणी गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो। शिक्षकहरू क्रान्तिकारी हुन्छन् । शिक्षक र वुद्धिजीविदेखि ओली तर्संन्छन्।’
‘शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन। शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो,’ उनले भने, ‘तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन्।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij