Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोड्यो: मन्त्री भट्ट

प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोड्यो: मन्त्री भट्ट

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गर्नुभएको बताए । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?”

    AGNI GROUP

    उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नपाएर केही नेता नेकपाबाट चोइटिएर गए पनि देशभर पुनःगठन गरेर पार्टीमा नयाँ गति दिन सकिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij