Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ठूला पूर्वाधार निर्माणमा प्राथमिकता : मन्त्री नेम्वाङ

ठूला पूर्वाधार निर्माणमा प्राथमिकता : मन्त्री नेम्वाङ

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनपछि देशमा विकासको लहर छाएको बताउनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुलको आज उद्घाटन गर्दै उहाँले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

    AGNI GROUP

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बनाउने अभियानभित्रको महत्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उहाँले विगतमा वर्षौंसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उल्लेख गर्नुभयो । 

    राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग १०÷१२ वर्षअघि शुरुआत भए पनि अहिले आएर धमाधम काम भइरहेको भन्दै मन्त्री नेम्वाङले आगामी विसं २०८० भित्रमा निर्माण गरिसक्ने गरी काम अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विकास आयोजनामा अधिकतम चासो र बजेट लगानी गरेर समयमै सम्पन्न गर्न सरकारले ध्यान दिएको छ । पोखरा खण्डमा देखिएको राजमार्गको विवादसमेत काठमाडौँ गएर छिटो निराकरण गर्छौं ।”

    मध्यपहाडी राजमार्गसहित, मदन भण्डारी राजमार्र्ग, हुलाकी, राजमार्ग, सुरुङमार्गलगायत ठूला पूर्वाधार र पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखि गड्डाचौकीसम्म नै फराकिलो बनाउने योजना शुरु भएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । 

    यसअघि एक वर्षमा ३० देखि ३५ मोटरेबल पुल बन्ने गरेकामा वर्तमान सरकार बनेपछि एकै वर्षमा ५५३ मोटरेवल पुल निर्माण गरिएको उल्लेख गर्दै उहाँले डेढ दिनमा एउटा पुल बन्ने गरेको जिकिर गर्नुभयो । 

    मुलुकको कायापलट गर्दै जनताको सर्वाङ्गीण विकासका लागि कम्युनिष्ट पार्टीको निर्माण भएको भन्दै उहाँले गत निर्वाचनमा जनताको अभिमत स्थिरता र स्थायित्वका लागि रहे पनि पार्टीभित्रबाट सरकारलाई समस्यामा पार्ने काम गरिएको बताउनुभयो ।

    पूर्वमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जनतालाई विवादको भारी बोकाउन छाडेर सबै पक्ष सुन्दर नेपाल निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा पूर्वाधार विकासमा फड्को मार्दै देश सुरुङ युगमा प्रवेश गर्न लागेको उल्लेख गर्नुभयो । 
     
    पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विजयपुर खोलामाथि पुल बनेपछि पोखरा र मादी गाउँपालिकाको उत्तरी भेगलाई जोड्ने काम गरेकाले विकासका दृष्टिले कोशेढुङ्गा साबित भएको बताउनुभयो । 

    मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जनताको वर्षौंअघि देखिको पुलको माग पूरा भएको र मादीको विकासको ढोका खुलेको बताउनुभयो । सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ ।

    डबल स्पान सुपर स्ट्रक्चर डिजाइनको सो पुल ‘ओपन फाउन्डेशन’मा आधारित छ । पुल निर्माणका लागि विसं २०७५ असार २१ गते रायमाझी÷द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण सम्पन्न गरेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij