Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

आजदेखि तेस्रो राष्ट्रिय 'बेटी' सम्मेलन

आजदेखि तेस्रो राष्ट्रिय 'बेटी' सम्मेलन

  • वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो ।

    AGNI GROUP

    सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।  सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

    मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो । विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढाँै, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ । 

    पmरार दुई पक्राउ

    वाग्मती प्रदेशअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले वन मुद्दा र बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार दुई जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले विसं २०७० जेठ १९ गते  वन मुद्दामा दोषी ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार मकवानपुर मनहरि गाउँपालिका–६ का ३४ वर्षीय सञ्चलाल घलानलाई सोमबार पक्राउ गरेको हो ।

    त्यसैगरी बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०७६ माघ २५ गते दोषी ठहर गर्दै रु चार लाख १८ हजार २५० जरिवाना तोकेको फरार रहेका मनहरि गाउँपालिका–६ का ३५ वर्षीय विनोद प्रजालाई पक्राउ गरेको  छ । पक्राउ परेका दुवैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij