Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबिच भेटवार्ता

एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबिच भेटवार्ता

  • काठमाडौं । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘विनोद बस्नेत स्मृति’ सातौँ संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न बिहीबार अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । 

    AGNI GROUP

    प्रतियोगिताको तयारीका बारेमा ओलीसँग कुराकानी गरिएको उनले बताए ।  

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे लगायतको टोली गुण्डु पुगेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij