Jun 18 2026 | २०८३, असार ४ गते
धनगढी । बैतडीमा गोली हानी आफ्नैै छोरीको हत्या गर्ने बाबु लाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै विवाहित छोरीलाई माघ २४ गते गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई पक्राउ गरेको हो। गोली प्रहार गर्ने महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए ।महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको बताइएको छ ।
गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij