Jun 18 2026 | २०८३, असार ४ गते
दूल्लु । स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ ।
दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका आमालाई नगद रु दुई हजारसहित प्रमाणपत्र दिएर सोमबार सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले जानकारी दिनुभयो । “चालू आर्थिक वर्षमा २० वर्षपछि बिहेवारी गर्ने र स्वास्थ्यका मापदण्ड पूरा गर्ने आमालाई सम्मान गर्न नगरपालिकालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ”, खड्काले भन्नुभयो । बालविवाह अन्त्य, गर्भवती आमासहित बच्चा स्वास्थ्य, मातृमृत्यु दर शून्यमा झार्ने उद्देश्यले आमा सम्मानका लागि नगरपालिकाले काम नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij