Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

जीवनको सहारा बन्ला भन्ठानेको छोरा गुमाएपछि…......

जीवनको सहारा बन्ला भन्ठानेको छोरा गुमाएपछि…......

  • सानेबहादुर नेपाली, तनहुँ ।  श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आउनुभएको थियो । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उहाँको भनाइ छ । साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले आमा नसिमुन मियाँले १७ वर्षीय छोरा अजिज मियाँलाई सुधारगृहमा राख्ने निर्णय गर्नुभयो । 

    onlinepatrika
    Arghakhachi

    सुधारगृहमा राख्ने सिलसिलामा जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेँसीस्थित न्यू डे फेलोसिप नेपालमा मासिक रु १५ हजार तिर्ने गरी असार २७ गते छ महिनाका लागि सम्झौता गरी उक्त सुधारगृहमा राखेको उहाँले बताउनुभयो । पुस २७ गते सम्झौता अवधि सकिँदै थियो, छोरा सुध्रिएर आउला र जीवनको एउटा सहारा बन्ला भन्ने सपना देखेकी आमाले एक्कासि छोरा गुमाउन पुगेपछि ‘खुर्पाको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ भने जस्तो हुन पुग्यो । “सोही रात नराम्रो सपना देखेँ । उठेर घडी हेरेँ रातको १ बजेको रहेछ”, उहाँले भन्नुभयो, “छोरालाई फोन गरुँ कि झँै लाग्यो । होइन रातिको समयमा नगरुँ झैँ लाग्यो र गरिनँ ।” बिहान करीब ४ बजेको समयमा फोन आयो । तपाईंको छोराले आत्महत्या गरेछन् । छाँगाबाट खसे झैँ भएँ र  बेहोस भएछु, आँसु झार्दै नसिमुन मियाँले दुःखेसो पोख्नुभयो । 

    AGNI GROUP

    घटनास्थलमा गएर हेर्दा टाउको निहुराउनुपर्ने स्थानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको रहेछ, बचाउन सकिन्छ कि भनेर पासो काटेको भनी सुधारगृह सञ्चालकले जानकारी दिएको उहाँको भनाइ छ । घटनास्थलको अवस्था हेर्दा झुण्डिएर आत्महत्या गरेको विश्वास लागेन र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन जाँदा लिन नमानेको उहाँको दुःखेसो छ ।  तीन पटकसम्म प्रहरी कहाँ धाएँ सञ्चालकको नाउँ नहटाएसम्म जाहेरी लिन मानेन । प्रहरीको भनाइअनुसारको जाहेरी लिएर गएपछि मात्रै प्रहरीले नाउँमा पूरक जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर जाहेरी लिन नमानेको भन्दै निवेदन दिएपछि सरकारी वकिलको कार्यालयबाट पत्र पठाएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको उहाँले  बताउनुभयो । 

    सुधारगृह सञ्चालक पवन चुमी थापामगर र कर्मचारी जीतेन्द्र खत्रीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने अन्य चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गत मङ्सिर २७ गते सुधारगृहमा रहेका छोरालाई भेट्न जाँदा सुधारगृहका कर्मचारी खत्रीले कुटेर यातना दिने गरेको बताएका थिए । एक्लो छोरा भएकाले कुटपिट नगर्न आग्रह गर्दै आए पनि बेवास्ता गर्दै यातना दिने र कुटपिट गर्ने गरेको जानकारी पाएको आमा नसिमुन मियाँले बताउनुभयो । सुधारगृहमा बसेको तीन महिनापछि मोबाइल लिन पाउने प्रावधानअनुरुप छोरालाई मोबाइल पठाइदिएको भए पनि मोबाइल नदिई तिनै कर्मचारी खत्रीले नै लिएको खुल्न आएको छ । 

    पुस २७ गते सुधारगृहबाट भाइलाई निकालेर माघको १ गतेदेखि चितवनमा लगेर आफूसँगै राख्ने र भाइको आनीबानीमा सुधार गर्ने अभिलाषाका साथ सुधारगृहमा जाने सपना चकनाचुर भएको स्वास्थ्यकर्मी एवं दिदी रविना मियाँले बताउनुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij