Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । कांग्रेस निकट प्रेस युनियन र नेकपाका (प्रचण्ड– नेपाल) समूहका पत्रकारले झापामा प्रतिगमनविरूद्ध सडकमा नारा लगाएका छन्। विर्तामोडको मुक्ति चोकमा भेला भएका युनियन र प्रचण्ड नेपाल समूहका पत्रकारहरूले लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरून्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका लागि पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij