Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कोभिडपछिको पर्यटन: भ्रमणमा आउन थाले विद्यार्थी

कोभिडपछिको पर्यटन: भ्रमणमा आउन थाले विद्यार्थी

  • पोखरा : कोरोना (कोभिड—१९) पछि सुस्ताएको पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ। आन्तरिक पर्यटक घुमघाममा निस्कन थालेपछि पर्यटन उद्योग चलायमान हुन थालेको हो। विदेशी पर्यटक भने आउने अवस्था अझै बनिनसकेको पोखराका पर्यटन व्यवसायी बताउँछन्।

    onlinepatrika
    Arghakhachi

    कोभिडपछि विभिन्न जिल्लाबाट विद्यार्थी शैक्षिक भ्रमण र कृषक समूह अध्ययन भ्रमणमा आउन थालेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए। बर्दिया बाँझगढीका ४० जना कृषक समूह फेवातालको किनारमा आइतबार ताल अवलोकन गर्दै थिए। कोरोना सतर्कता अपनाएर पोखरा घुम्न आएको आमा फूलबारी कृषक समूहकी सदस्य सीता थारूले बताइन्। कृषक सोमली थारूले पहिलो पटक घुम्न आएको र पोखरा निकै रमाइलो लागेको सुनाइन्।

    AGNI GROUP

    विद्यालयले नै विद्यार्थीलाई शैक्षिक भ्रमणमा ल्याउन थालेका हुन्। सर्लाही मलङ्वाको पदमरत्न विद्यामन्दिरका ४५ जना विद्यार्थी पोखरा भ्रमणमा छन्। विद्यालय खुलेसँगै शैक्षिक भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको विद्यार्थी राहुल यादवले बताए। पोखरा, मनकामना, सौराहा, देवघाट, हेटौंडाको सहिद स्मारक घुम्ने गरी ५ देखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक भ्रमण ल्याएको शिक्षक गुणराज धमलाले बताए। अन्नपूर्ण पोष्टमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij