Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

उदयपुरमा बढ्यो सुन्तला उत्पादन

उदयपुरमा बढ्यो सुन्तला उत्पादन

  • उदयपुर । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
      
    ज्ञान केन्द्रका अनुसार गत वर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर छ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन हुन पुगेको प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताउनुभयो । यस वर्ष जिल्लामा रु १५ करोड भन्दा बढी मूल्यको सुन्तला उत्पादन हुन पुगेको ताप्ली गाउँपालिका ओख्लेका सुन्तला उत्पादक कृषक तथा सुन्तला जोनका संयोजक तोपबहादुर ठकुरी बताउनुहुन्छ ।
     
    कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश विश्वकर्माका अनुसार तीन वर्षदेखि यहाँको पहाडी क्षेत्रका चार गाउँपालिकामा प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर वर्षेनी सुन्तला खेती विस्तार हुँदै गएपछि अहिलेसम्ममा आइपुग्दा जिल्लामा एक हजार १५५ हेक्टर क्षेत्रफलमा विस्तार हुन पुगेको हो । गत वर्ष एक हजार ५५ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती भएको थियो भने यस वर्ष १०० हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।
     
    जिल्लामा २०५५ साल भन्दा अगाडि परम्परागत सुन्तला खेती हुने गरेको र पहाडी क्षेत्रका केही स्थानमा ५० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती हुने गरेको थियो । विसं २०५८ देखि व्यावसायिक रुपमा सुन्तला खेती विस्तार हुँदै २०६४ सालमा आइपुग्दा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा विस्तार भई हाल एक हजार १५५ हेक्टर जग्गामा खेती भइरहेको सुन्तला जोनका प्राविधिक नरनाथ रेग्मीले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

     अहिले जिल्लाका ताप्ली गाउँपालिकाका ओख्ले, पिपल न्ज्याङ, रुपाटार, तावाश्री, मादले, इनामे क्षेत्र सुन्तला जोन क्षेत्रका रुपमा घोषणा गरिएको छ । सो क्षेत्र सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिभाषित गरिएकाले नै सुन्तला जोन भएको कृषक ठकुरीले बताउनुभयो ।
     
    यस्तै जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुरगढी गाउँपालिकाका उदयपुर गढी, डुम्रे, तथा रौतामाई गाउँपालिकाका रौता, नामेटार, बोलुङखा, पोखरे, आँपटार, पाँबु, कोप्चे, आहाले, सल्ले, रामेटार क्षेत्र जिल्लाको दोस्रो धेरै सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिचत रहेको कृषि ज्ञान केन्द्रका कर्मचारी बतानुहुन्छ । 

    AGNI GROUP

    यता जिल्लाको उत्तरी पहाडी क्षेत्रका लिम्चुङबुङ गाउँपालिकाका बलाम्ता, बराह, जाँते, ताम्लीछा, छताङ र ठानागाउँ क्षेत्र जिल्लाको तेस्रो सुन्तला उत्पादन हुने सुन्तला जोनका रुपमा रहेको बताइएको छ । यी क्षेत्रबाहेक त्रियुगा नगरपालिकाका साउने र खाँबु, चौदण्डीगढी नगरपालिकाको चौदण्डी गढी क्षेत्रमा समेत केही वर्षयता आएर व्यापक सुन्तलाखेती विस्तार भएको पाइएको छ ।
     
    अहिलेको गतिमा नै सुन्तलाखेती विस्तार हुँदै गए अवको सात वर्षसम्ममा उदयपुरमा वार्षिक रु ५० करोड भन्दा माथिको सुन्तला उत्पादन हुनसक्ने ज्ञानकेन्द्रका कर्मचारी बताउनुहुन्छ । अहिले यहाँका सुन्तला जोनका व्यावसायिक सुन्तला उत्पादक कृषकले अधिकतम एक कृषकले वार्षिक रु ५० हजारदेखि रु १० लाखसम्म सुन्तला उत्पादन गरेर बिक्री गर्न थालेका बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij