Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको जनसभामा नेता पन्तले पशुपतिनाथ गएका प्रधानमन्त्रीले करिव १ अर्ब लाग्ने जलहरि बनाउन ३० करोड तत्काल दिने घोषणा गरेको भन्दै आलोचना गरेका छन् । ‘बोल्ने पशुपतिनाथ भनेका जनता भएको भन्दै उनले अघि भने, ‘चुनौती दिएर भन्न चाहन्छौं, आज गनौं । तपाईंले सत्ता र शक्तिको दुरुपयोग गरेर ल्याएका मानिसहरु र ज्यान हल्केलामा राखेर संविधानको रक्षाका लागि आएका जनता ।’
प्रचण्ड–माधव समूहका नेता पन्तले प्रधानमन्त्री ओलीको २३ माघको सम्बोधनमा समेत प्रश्न उठाए । आफ्नो पालामा जस्तो विकास कहिल्यै नभएको भनेका ओलीले केहीबेरमा प्रचण्ड र माधव नेपालले हातखुट्टा बाँधेर काम गर्न नदिएको भनेको भन्दै उनले भने, ‘कुन साँचो हो रु हातखुट्टा बाँधेर काम गर्न नदिएको भए तपाईले दाबी गरेको जस्तो विकास कसरी भयो रु विकास नै विकास भएको भए प्रचण्ड–माधवले कसरी हात खुट्टा बाँधे रु’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij