Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना च्याप्पै

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना च्याप्पै

  • चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

    AGNI GROUP

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । 

    बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिनुभयो । 

    यसैगरी अनुसन्धानको क्रममा गैँडा मारी खाग चोरी शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

     माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौँ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडाँंैको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

    तनहुँको आबुखैरेनी नगरपालिका–५ घुमाउने बस्ने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरुको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।  

    पक्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, रु ४१ लाख बराबरको बैंक भौचर ६ थान बरामद गरिएको सो अवसरमा जानकारी दिइयो । बरालले पक्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मार्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटकपटक गैँडा मारी खागको चोरी निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको जानकारी दिनुभयो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij