Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’

  • काठमाडौँ– शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । महिला हिंसा र विभेदविरूद्धका घटको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ । मार्चमा कालो , सेता कपडा लगाएर महिलाहरु सहभागी भएका थिए । उनीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । sapana.jpg

    onlinepatrika
    Arghakhachi

    सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्‍याली निकालेर  महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए ।  मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका  छन् । विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।sapana1.jpg

    AGNI GROUP

    मार्चमा सहभागीहरूले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij