Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने चेतावनी दिएका छन् । उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।
शनिवार बुटवलमा आफ्नो समूहले आयोजना गरेको बृहत्त सभालाई सम्बोधन गर्दै उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिएका हुन् ।
सभालाई सम्बोधन गर्दै उनले भने ,‘अब हाम्रा दिदिबिहनीहरुलाई लाञ्छित गर्ने, आरोपित गर्ने, अथवा होच्याउने खालका दृष्टिकोणहरु लिनुहुँदैन् । हाम्रा आमा दिदिबहीनीहरुलाई बोक्सी भन्ने चलन अहिलेपनि गाउँघरमा कताकतै छ । त्यस्तो भ्रम अब हुन दिनुहुँदैन् । हामीले सम्झाउनुपर्नेछ । विभिन्न गलत प्रकारका कुप्रथाहरु, दहेजजस्ता अरु कुकप्रथाहरु, यस्ता प्रथाहरुलाई पनि हामीले जनतालाई सम्झाई बुझाई गरेर हटाउनुपर्छ । समाजमा अहिलेपनि केही क्रिमिनल तत्वहरु, सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशिल भएको देखिन्छ ।
निर्मला हत्या काण्डजस्ता घट्नाहरु, अहिले फेरि भागरथी हत्या काण्डजस्ता घट्नाहरु घटाउने अपराधीहरु, तपाईँहरुको अगाडि भन्न चाहन्छु निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने काण्ड होस अथवा भागरथी हत्या काण्ड होस, यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गएपनि छोडिने छैन् । विश्वका कुनै भागमा भागेर पुगेपनि छोडिनेछैन् । खोजेर ल्याएर भएपनि उनीहरुलाई कानूनी दायरामा राखिनेछ । कारबाही गरेर छोडिनेछ ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij