Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । श्रीलंका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त बर्दिया बढैयाताल गाउँपालिका-३ घर भई पर्वत कुस्मा नगरपालिका-२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सुबेदीले एक महिलालाई बैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्याएका थिए ।
श्रीलंका पुर्याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा २०७७ मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन ।
उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका(२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij