Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • काठमाडौं । अहिले प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    AGNI GROUP

    यसैगरी आज राती प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij