Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी

‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी

  •  

    onlinepatrika
    Arghakhachi

    कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताउनुभयो । 

    AGNI GROUP

    “कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।”

    प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाउनुभयो । उहाँले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

    समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताउनुभयो । “नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उहाँले भन्नुभयो, “शून्य संरचनाबाट काम शुरु गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।”

    गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतीपूर्ण भए पनि जलविद्युत् उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदा पनि चुनौतीको सामना गरेर अघि बढेका छौँ । निजी लगानीकर्ता भित्र्याउने पहल भइरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौँ ।”

    प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आइसकेकाले आफ्नो अभिभारा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले सङ्घीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने चाहन्छु ।”

    लोकतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता र पारदर्शिता हो भन्दै सभामुख शाहीले सङ्घीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यकारीहरुलाई दूरगामी सोच राखेर काम गर्नसमेत सुझाव दिनुभयो । 

    प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गर्नुभयो । “हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने सङ्घीय संरचनाको अपेक्षा गरेका थियौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “यद्यपि संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्योलता व्यहोर्दै आएको छ ।”

    समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij