Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। भट्टराईले आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्।
भेटमा भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिकाप्रति खेलेकोप्रति आफूले राष्ट्रपतिलाई धन्यवाद दिएको बताएका छन्।
भेटबारे जानकारी दिँदै भनेका छन्, ‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान ।’
उनले राष्ट्रपतिबाट प्रेरणादायी सल्लाह तथा सुझाव पाएको भन्दै आभार व्यक्त गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij