Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उनले स्रष्टा, सर्जक तथा अध्येताहरुलाई आ–आफ्ना विद्यामा सरस्वती माताले थप ऊर्जा प्रदान गरून् भन्ने कामनासमेत गरेका छन् । उनले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समुदायलाई शिक्षा ग्रहण गर्न सरस्वतीले प्रेरित गरून् भन्ने कामनासमेत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij