Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् ।
गृह मन्त्रालयमा आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री थापाले सो घटनामा सरकार गम्भीर रहेको बताएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर छानबिन टुंगोमा पुर्याउने प्रक्रिया अघि बढेको जानकारी दिए। महिला हिंसा रोक्न सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ ।
महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij