Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सिंहदरबारमा शपथलगत्तै बालेन किन पुगे सर्वोच्च अदालत ?

सिंहदरबारमा शपथलगत्तै बालेन किन पुगे सर्वोच्च अदालत ?

  • काठमाडौं । सिंहदरबारमा सांसद पदको शपथ लिएलगत्तै रास्वपाका वरिष्ठ नेता बालेन शाह सर्वोच्च अदालत पुगेका छन् । सिंहदरबारबाट शाह अवहेलनासम्बन्धी मुद्दाको तारेख बुझ्न सर्वोच्च अदालत पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले बालेन तारेख बुझ्न सर्वोच्च अदालत आएको जानकारी दिए । ‘अवहेलनासम्बन्धी एउटा मुद्दाको तारेखको लागि बालेन शाह आउनुभएको थियो,’ कोइरालाले शिलापत्रसँग भने, ‘तारेख बुझेर जानुभयो ।’

    AGNI GROUP

    पाटन उच्च अदालतले तीन वर्षअघि हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । काठमाडौंका मेयर रहेको बेला बालेनले सार्वभौमसत्ताको विषय उठाउँदै भारतको नाम लिएर हिन्दी फिल्म चल्न नसक्ने भन्दै जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।

    अदालत र सरकार नै भारतको गुलाम भएको भन्दै सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस विवादमा परेको थियो । देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा कानुन र अदालतलाई नमान्ने चेतावनी बालेनले दिएका थिए ।

    मित्रराष्ट्र भारत र अदालतविरुद्ध नै लेखेपछि बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गराएकी थिइन् । यस्तो थियो बालेनको स्टाटस- जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij