Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिईन् । मगरको किटानी जाहेरी दिएको उपर काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले आज (मंगलवार) केहिबेर अघि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए ।
‘जन्म दिने बाबुआमा अरु नै भएपनि म सपनाको कर्म दिने बुबा हुँ’ भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका बस्नेतले सपनामाथि पटकपटक यौन हिंसा गर्ने गरेको, अपमानित गरेको, चोरीको आरोप लगाएको भन्दै सपनाका आमा बुबाले समेत न्यायको लागि सञ्चारमाध्यमबाट अनुनय गरेका थिए । एक अनतर्वार्तामा त बस्नेतले सपनाको नग्न तस्वीर भिडियो आफूसँग भएको भन्दै जुनकुनै बेला देखाईदिने किसिमको धम्किपूर्ण अभिव्यक्ति समेत दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij