Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भागरथीको बलात्कारपछि हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट, आज सार्वजनिक गर्ने तयारी

भागरथीको बलात्कारपछि हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट, आज सार्वजनिक गर्ने तयारी

  • काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    केही दिनअघि नै पक्राउ परे पनि आवश्यक अनुसन्धान नसकिएकाले ती व्यक्तिलाई सार्वजनिक नगरिए निकट स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

    AGNI GROUP

    प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

    क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij