Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अपराह्नपछि बदली र वर्षाको सम्भावना

अपराह्नपछि बदली र वर्षाको सम्भावना

  • काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ ।  प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ । महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित श्रणिक वर्षा हुन्छ । 

    AGNI GROUP

    हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ । प्रदेश नं २, वाग्मतीलगायत देशका पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

    प्रदेश नं १ र २ लगायत देशका पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हलका हिमपातको सम्भावना छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij