Jun 13 2026 | २०८३, जेठ ३० गते
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्। सरकारमा रहे पनि उनले आफूलाई स्वतन्त्र भन्ने गरेका छन्। स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्चको निर्णय कुरेर बसेको छ। सर्वोच्चले चुनावको पक्षमा निर्णय गर्यो भने तत्काल नयाँ पार्टीको घोषणा हुन्छ। पुनःस्थापना गर्यो भने केही समय लम्बिन सक्छ।
त्रिपाठीको समूहमा एक प्रतिनिधिसभा सदस्य, दुईजना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्रलगायत छन्। उनीहरूलाई समेटेर उनले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालयसमेत खोलिएको छ। यसको कार्यालय बानेश्वर थापा गाउँमा राखिएको छ। त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन्। यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij