Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

पूर्वजको वीरगाथाको अनुसरण गरौँः प्रधानमन्त्री ओली

पूर्वजको वीरगाथाको अनुसरण गरौँः प्रधानमन्त्री ओली

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ ।  सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । 

    onlinepatrika
    Arghakhachi

    हाम्रा दृष्टिकोण र  जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उहाँले भन्नुभयो, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।”

    AGNI GROUP

    मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “देश  बनाउनुपर्छ  र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।”
     
    बलिदानीपूर्ण कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनासहित सबैका भावनालाई मनमा राखेर हामीले राष्ट्रनिर्माणका काममा अग्रसर हुन जरुरी रहेको संस्थाका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले बताउनुभयो । 

    समाज परिवर्तनका लागि पछौटेपनविरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियताप्रतिको इमान नै सबैभन्दा महत्वपूर्ण हुन्, इमानबाट च्यूत मान्छे अपराधी मात्र हुन्छ ।”

    प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने औँल्याउनुभयो । 

    प्रधानमन्त्री ओलीले अप्रत्याशितरुपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा, परोपकार, शान्तिका लागि सधैँ तत्पर र कर्तव्य निष्ठ भई चल्नुपर्छ भन्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij